Effective Date: 2025/02/01

Welcome to the Team Sandesh App! By using this app, you agree to the following terms and conditions. Please read them carefully before using the app.

नियम तथा सर्तहरू

Team Sandesh App प्रयोग गर्दा प्रयोगकर्ताले यसमा उल्लेखित नियम तथा सर्तहरू स्वीकार गरेको मानिनेछ।

1. यो एप लोकसेवा लगायतका शैक्षिक तयारीका लागि मात्र प्रयोग गर्न पाइनेछ। प्रयोगकर्ताले दर्ता गर्दा सही र वास्तविक विवरण दिनुपर्नेछ। आफ्नो User ID, Password तथा Account को सुरक्षा प्रयोगकर्ता स्वयंको जिम्मेवारी हुनेछ।

2. Team Sandesh ले एपलाई नियमित, सुरक्षित र प्रभावकारी बनाउन प्रयास गर्नेछ, तर प्रयोगकर्ताको तर्फबाट प्राविधिक समस्या, इन्टरनेट समस्या वा अन्य कारणले सेवा अस्थायी रूपमा अवरुद्ध भएमा संस्था जिम्मेवार हुने छैन।

3. Paid Course वा Subscription लिँदा तोकिएको शुल्क तिर्नुपर्नेछ। भुक्तानी तथा Refund सम्बन्धी व्यवस्था Team Sandesh को Refund Policy अनुसार हुनेछ।

शुल्क, रिफन्ड तथा बौद्धिक सम्पत्ति सम्बन्धी सर्तहरू

1. शुल्क भुक्तानी

  • विद्यार्थीले भर्ना शुल्क बुझाएपछि सम्बन्धित कोर्स, सामग्री, भिडियो, नोट, परीक्षा तथा अन्य सेवाहरूमा पहुँच प्राप्त गर्नेछन्।
  • एकपटक भुक्तानी सम्पन्न भएपछि विद्यार्थीले यी सर्त तथा नियमहरू स्वीकार गरेको मानिनेछ।

2. रिफन्ड नीति

  • भर्ना भएको मितिले ७ (सात) दिनभित्र रिफन्डको अनुरोध गरेमा सेवा शुल्क (Service Charge) ६.५% तथा बौद्धिक सम्पत्ति अधिकार शुल्क (Intellectual Property Rights Charge) ६.५% गरी जम्मा १३% रकम कट्टा गरी बाँकी रकम फिर्ता गरिनेछ।
  • भर्ना भएको मितिले ७ (सात) दिन पूरा भएपछि कुनै पनि अवस्थामा रिफन्ड उपलब्ध गराइने छैन।
  • विद्यार्थीले कोर्स सामग्री प्रयोग गरेको, डाउनलोड गरेको वा नहेरेको अवस्थाले रिफन्ड नीतिमा कुनै प्रभाव पार्ने छैन।
  • लाइफटाइम अफरमा आबद्ध हुनुभएका कुनै पनि विद्यार्थीले व्यक्तिगत समस्याका कारण कक्षा सुरु भएको ७ दिनभित्र भर्ना रद्द गर्न चाहेमा, कुल शुल्कको ३०% रकम (सेवा शुल्क तथा बौद्धिक सम्पत्ति अधिकार बापत) कट्टा गरी बाँकी रकम मात्र फिर्ता गरिनेछ।

3. बौद्धिक सम्पत्ति अधिकार (Intellectual Property Rights)

  • एप, वेबसाइट, नोट, भिडियो, अडियो, परीक्षा सामग्री, प्रश्नपत्र, समाधान, ट्रिक, अध्ययन सामग्री, डिजाइन, लोगो तथा अन्य सम्पूर्ण सामग्री Team Sandesh को बौद्धिक सम्पत्ति हुन्।
  • संस्थाको लिखित स्वीकृतिबिना कुनै पनि सामग्री प्रतिलिपि (Copy), डाउनलोड गरी वितरण, बिक्री, पुनःप्रकाशन, रेकर्डिङ, स्क्रिन रेकर्डिङ, सामाजिक सञ्जालमा साझेदारी वा तेस्रो पक्षलाई उपलब्ध गराउन पाइने छैन।
  • उल्लङ्घन भएको पाइएमा संस्थाले प्रचलित कानूनबमोजिम आवश्यक कानुनी कारबाही गर्न सक्नेछ।

4. प्रयोगकर्ता खातासम्बन्धी व्यवस्था

  • विद्यार्थीलाई प्रदान गरिएको User ID, Password वा Login Access व्यक्तिगत प्रयोजनका लागि मात्र हुनेछ।
  • आफ्नो Login Access अन्य व्यक्तिलाई उपलब्ध गराउन, साझा गर्न वा बेच्न पाइने छैन।
  • एकभन्दा बढी व्यक्तिले एउटै Account प्रयोग गरेको पाइएमा संस्थाले पूर्वसूचना बिना Account निलम्बन वा बन्द गर्न सक्नेछ।

5. सेवा उपलब्धता

  • प्राविधिक समस्या, मर्मतसम्भार, इन्टरनेट अवरोध, Server Maintenance वा अन्य अप्रत्याशित कारणले सेवा केही समय प्रभावित हुन सक्नेछ।
  • यस्ता परिस्थितिलाई रिफन्डको आधार मानिने छैन।

6. आचारसंहिता

  • शिक्षक, कर्मचारी, अन्य विद्यार्थी वा संस्थाप्रति अपमानजनक, अशोभनीय, भ्रामक वा हानिकारक व्यवहार गर्न पाइने छैन।
  • यस्ता गतिविधि भएको पाइएमा संस्थाले सम्बन्धित Account निलम्बन वा रद्द गर्न सक्नेछ।

7. पाठ्यक्रम तथा सेवा परिवर्तन

  • संस्थाले आवश्यकताअनुसार पाठ्यक्रम, कक्षा तालिका, शिक्षक, अध्ययन सामग्री, परीक्षा प्रणाली वा सेवा संरचनामा संशोधन गर्न सक्नेछ।
  • यस्ता संशोधनलाई रिफन्डको आधार मानिने छैन।

8. अन्तिम अधिकार

  • यी सर्त तथा नियमहरूको व्याख्या, संशोधन तथा कार्यान्वयन सम्बन्धी अन्तिम अधिकार Team Sandesh सँग सुरक्षित रहनेछ।
  • कुनै विवाद उत्पन्न भएमा नेपालको प्रचलित कानून बमोजिम समाधान गरिनेछ।

9. संशोधन

Team Sandesh ले आवश्यक परेमा यी नियम तथा सर्तहरू कुनै पनि समयमा परिमार्जन गर्न सक्नेछ। परिमार्जित सर्तहरू एपमा प्रकाशित भएपछि लागू हुनेछन्।